दृश्य १

टिकटक हेर्दै थिएँ ।एउटा भिडियो देखा पर्यो । टिकटककि फेमस पात्र “गुराँस नानी” लाईइ सोभित बस्नेत (जो नेपाली फिल्म जगतको चर्चित नाम हो) ले भन्दै थिए, ” गुराँस नानी, आउ मेरो काखमा बसेर मुभीको लागि रोल माग।”  छेउमा बसेकी अर्की युवती (उनलाई म चिन्दिन सायद युट्युबर सेलिब्रिटी हुनपर्छ) मस्त हाँसिरहेकी थिइन् । ति सोझी गुराँसलाई थाह छैन, के भइरहेको छ, अनि निर्दोस भएर उनी काखमा बसिन्। त्यतिले पनि नपुगेर बस्नेत् भन्दै छन्,”मेरो गाला सुमसुम्याएर भन।” अर्की युवती प्रोत्साहन गर्दै छिन्,”मुभीमा देखिने चाहना हो भने यति त गर्नुपरिहाल्छ नि।” मुभीमा देखिने चाहाना हो या निर्दोसपना ति गुराँस, सोभित जसो जसो भन्दैछन, त्यसो त्यसो गर्दै छिन् । दुनियाँले उनको खिसी उडाइरहेको छ। यो  टिकटक कुनै युट्युब इन्टरभ्यु अंश थियो। पछी पत्ता लगाएँ ति छेउकि युवती युट्युबर रहिछन् अनि कार्यक्रम (द सोनीका सो) उनकै रहेछ ।

दृश्य २

ट्वीटर स्क्रोल गर्दै छु,  समाचारको हेडलाइन आउँछ ,”पत्नीलाई नभएको कोरोना कसरी भाउजुलाई लाग्यो ? ” यसको अर्थ के हो?  पत्रकारिताको यहाँ भन्दा घटिया र निच सोच के हुन सक्ला र ।

दृश्य ३

फेरी अघिकै समाचारको कुरामा एकजना कोट गर्दै लेख्छन् , ” हेडलाइन त घरमा आगो लगाउने खालको नै रहेछ नि । त्यसको रिप्लाई गर्ने एक महिला ,” हेडलाइन भन्दा तपाइको क्याप्सन वाहियात छ ।

यहाँ सम्म ठिकै चल्दै थियो तर अचानक क्याप्सन लेख्ने  पुरुष महानुभाव आबेसमा आउनुभयो अनि भन्नुभयो, “अस्ति भखर कि फुच्ची केटिले मलाई सिकाउने ?” यतिले नपुगेर प्राइभेट मेसेजमै थर्काउन र धम्कि दिन थाल्नुभयो । जव उनीले प्राइभेट मेसेजको स्क्रिनसट बाहिर निकालिन्, उहाको क्रोध बढेर आयो । अझ खतरनाक रूपमा प्रस्तुत हुनुभयो ।

(महिलालाई तिमी भन्ने अनि पुरुषलाई चै तपाइँ भन्दै नआउनु होला ल , कारण त्यहि घटनाले बताउँछ )

दृश्य ४

फेरी टिकटक कै कुरा गरौँ । एउटी १९-२० बर्षकि बहिनी एकदमै बिरही टिकटक बनाउछिन् । “बाहुन छेत्रीको घरमा जन्मिनु को पिडा अरुलाई के थाहा, २० बर्ष नपुग्दै बिहे गर्ने कुरा गर्छन् केही बोल्न पाइन्न । पढेर केहि गर्ने रहर मलाइ पनि नभाको कहाँ हो र ?”

त्यसमा देखिएका कमेन्टहरू यी र यस्ता कयौं :

“क्षेत्री नभएपनि म बुझ्छु यो पिडा, “

“हाम्रो पनि यस्तै हो बहिनी ”

” मैरो पनि यस्तै पिडा छ” ,

मैले यी दृश्यहरु इन्टरनेट नचलाउने भएको भए देख्ने थिइन । आफ्नो व्यक्तिगत भोगाई त हैन , अनि समाज सुन्दर छ भनेर आँखामा पट्टि लगाउने थिएँ होला । अर इन्टरनेट छ , म छु र इन्टरनेटको प्रयोग गर्छु । यस्ता घटनाहरुको दर्शन गर्न बेला बेलामा पाइरखिन्छ।

पहिलो दृश्यमा एउटा सफल कलाकारले त्यसरी आफ्नो शक्तिको फाइदा उठाएर मिडियाको अगाडी एउटी सोझी नारीलाई त्यसरी काखमा बस्न लगाउनु  कतिको जायज हो।  कसैको बिवसताको फाइदा उठाएर यसरी खुलेआम बोल्न सक्नेले क्यामेरा वा पर्दा पछाडी जे पनि गर्न सक्छ । तर मैले त्यहा सम्मको आरोप लगाउन सक्दिन । किनकि मसँग प्रमाण छैन । तर त्यहि घटनामा पनि आफ्नो शक्तिको बलमा अरुलाई त्यसरी लज्जित गराउन खोज्ने कति सम्मको निच व्यहबहार हो । अनि त्यहि व्यहबहारलाई हो मा हो मिलाएर हास्ने अर्की महिला, इन्टरभ्यु लिने ब्यक्ति, सुट गर्ने क्यामेरा मेन । उनीहरु पनि त उत्तिकै जिम्मेवार छन्।

गुराँस एक पात्र हुन् । जो आफु जस्तो छिन् त्यस्तै संसार देख्छिन । कलाकार बन्ने हुटहुटीले टिकटक चलाउछिन् ।  प्रतिभा छ छैन. म निर्णायक हैन । उनको हरेक भिडियोमा उनको निर्दोसपना र अरुले के भनिरहेका छन् बुझ्न सक्ने क्षमता नभएको देखिन्छ । मान्छेको आ आफ्नो स्वभाव अनि चाहाना हुन्छ साथै आ-आफ्नो क्षमता । तर उनको हरेक भिडियोमा उनलाई खिल्ली गरेर उडाउनेको कमि छैन । त्यहि खिल्ली गर्ने क्रममा युट्युबरको आँखामा पार्छिन, अनि उनलाई सेरोफेरोमा बनाएर भिडियोहरु बनाइन्छ। कसैलाई रमाइलो लाग्छ कसैलाई रिस उठ्छ । उनलाई क्षणिक सफलता मिलेको छ, यसैमा रमाएकी छन् ।

तर उनको यो सोझोपनाको फाइदा उठाएर किन कसैले त्यस्तो निच हर्कत गर्छन । आखिर यो छुट ति फ्लिमकर्मीलाई कसले दियो ? एउटा आफु जस्तै कानुनी अधिकार प्राप्त व्यक्तिलाई खेलौना जस्तो ब्यहवहार गर्नु असल व्यक्तिको पहिचान हो त ? यो सबै भइरहँदा चुपचाप बसेर, हाँसेर त्यहि घटनालाई प्रोत्साहित गर्ने वरिपरिका अन्य व्यक्ति पनि उत्तिकै दोषी छन् ।  मैले यति लेखिरहँदा मलाई थाह छ, कमेन्टहरु बर्सनेछन, “त्यो केटि नै त्यस्तै हो। ” “उसले पनि त प्रतिकार गर्न सक्थी, वा बस्नेलाई मतलव छैन , खुब फेमिनिस्ट बन्नु परेको आदि आदि  ।”

यस्तै हो भने त्यो सामाजिक संजालमा किन भाइरल बन्छ त यस्तो क्लिपहरु जहाँ एउटी नारी चुपचाप् पुरुष भनाउँदोले गरेको दुर्व्यहबहार चुपछाप सहन बाध्य छिन् अनि समाज त्यसैको वाह वाहिमा ताली बजाइरहेछ । पुरुसत्व देखाइरहेछ । भनिरहेछ , “देख्यौ मा पुरुष हुन्, तिमी मेरो खेलौना हौ , काखमा बस, मलाइ सुम्सुम्याउ, मलाई आनन्द दिलाउ, यति गरे म प्रसन्न हुन्छु अनि तिमीले भनेको बरदान दिन्छु , तिमीलाई मेरो फिल्ममा रोल दिन्छु । अनि जग हाँसिरहेछ । एउटा पुरुषले हेर्दा हेर्दै क्यामेराको अगाडी नारीको इज्जत लुटिरहेको छ । अनि समाज मौन छ । हाँसिरहेछ निच्च दांत देखाएर । यो समाज उस्तै परे महिलालाई नै दोष देखाउन पछी पर्दैन । त्यहि पुरुष जसले एउटी नारीलाई खेलौनाको रुपमा लिन्छ उसैले आफ्नो चलचित्र बनाउँछ अनि भन्छ, नारी शोषणको बिरुद्दमा यो चलचित्र  बनाएका छौं । त्यस्ता पुरुषलाई देखेर घिन लागेर आउँछ अनि भन्न मन लाग्छ ,” तिमी चलचित्रमा दोहोरो रोलमा प्रस्तुत हुन सक्छौ तर वास्तविक जीवनमा दोहोरो चरित्र देखाउन जरुरी छैन। सम्मान दिन जान्दैनौ भने सम्मान पनि नखोज । बन्द गर यो तमाशा ।

किन बाहिर आउछन यस्ता भिडियोहरु ? समाजको प्रतिबिम्ब हैनन् र ? समाज, म , तपाई अनि हामी बसेको समाज हैन र ? अनि सधैं पुरुष सर्वे-सर्वा अनि नारी चै खेलौना नै भएर बस्ने हो त ?  हुन त  महिला २० वर्ष पुग्दा नपुग्दा बिहेको चर्चा चल्ने हाम्रो समाजमा त्यो भन्दा बढी के नै पो अपेक्षा गर्न सकिन्छ र ? समाजले नारीलाई नै किन  निश्चित घेराबन्दीमा राख्नुपर्ने ? किन उसको स्वतन्त्रता र स्वअस्तित्वको कुरा हुँदैन । उसको बोलीलाई किन दबाइन्छ । यहि पुरुष प्रधान समाजको डरलाग्दो छायाँले तड्पिएर कति नारीहरु आँशु लुकाउन बाध्य हुनपर्ने हो ।  यहि बीच कसैले आवाज उठायो भने या त ऊ डलरबादी हुन्छ या त कुण्ठित आत्मा बन्छ, अथवा अटेन्सन सिकिंग गरेको हुन्छ। किन हामी अर्को लिंगको व्यक्तिलाई आफु समान ब्यहवहार गर्न सक्दैनौं । किन कसैलाई नारी भएकै कारण एकदमै हलुका रुपमा लिइन्छ ? 

समस्या यहाँ सोचाइमा छ । हामीलाई शक्तिशाली बन्नु छ । आफ्नो शक्ति प्रदर्शन गर्ने नयाँ नौलो तरिका खोजिरहन्छौँ । नत्र दृश्य २ को ट्वीटर घटना देखिने थिएन । पुरुष अहमताले यति धेरै जरो गाडेको छ हाम्रो समाजमा, ट्वीटरमा भएका त्यहि बिषयको बादबिबादलाई हेरे पुग्छ । कुरा सिधा छ, पुरुषले आफ्नो आहंकार प्रस्तुत गर्दै आफु ठुलो हुनुको पावर देखाउंदै थिए ।जब उनले स्क्रिन सट प्रस्तुत गरिन् तब अहंकार छताछुल्ल भयो अनि त्यसको प्रतिक्रिया स्वरूप अझ धम्कि र आक्रोश पैदा भयो । यस घटनालाई लिएर निक्कै बेर बाद-बिबाद भयो । अनि अन्त्यमा पुरुषबादी समाजका ठेकदारहरुले  महिलालाई दोश्रो दर्जा कि, ( डलरबादी ) अनि महिला अहंकार भनेर छाप लगाइदिए । कसैकसैले त अटेन्सन सिकिंग सम्म भन्न भ्याए । कारण उनले महिला भएकैले यो रिप्लाई गर्न हुन्थेन, वा गरिहाले पनि ति सिनियर पुरुषको मान मर्दन राख्न  पुरुषसंग माफी माग्नु पर्थ्यो वा स्क्रिन सट बाहिर निकाल्नु हुन्थेन । किनकि पुरुषहरु सधैं चोखा भएर बस्नु पर्छ ।  हुन त अपेक्षा नै के गर्न सकिन्छ र यस्तो समाजबाट जहाँ पुरुषले आफ्नो मर्दांगीको प्रदर्शन गर्न छुट छ तर महिलाले कुमारीत्वको परिक्षा दिनुपर्छ ।

समाचारको हेडलाइनमा जाउँ , एक त संक्रमणको भय, त्यहाँ माथि रोग निको होला नहोला भन्ने तनाब , यस्तो समाचार हालेपछी , ति पत्नी र भाउजुलाई कस्तो असर पर्ला ? त्यो परिवारलाई कस्तो असर पर्ला ? समाजका ठेकेदार हुँ भन्ने पत्रकारले संबेदनशीलता त्यागेर क्लिक्बेटमै रमाउनु पर्ने हो त ? पत्रकारिताले त संबेदनशीलतालाई सधैं प्राथमिकतामा राख्नुपर्ने हैन र ? नजानिँदो पारामा नारीलाई दोष देखाउने चलन पुरानै हो , तर रोगलाई लिएर गरिएको मजाक सह्य हुन्छ र ? 

यस्ता घटना सामाजिक संजालहरुमा देख्न पाईराखिन्छ । यी विभिन्न पात्रले देखाएको त्यहि चरित्र हो , जुन परापुर्वकालले चलिआएको छ । पुरुषप्रधान समाजको एउटा नमिठो प्रतिबिम्ब जहाँ नारीको स्थान पुरुष भन्दा निच देखाइन्छ अनि पानीमाथिको ओभानो बनेर पुरुष निर्लज्ज हाँसिरहन्छ ।

यहाँ सोचाइ नै घटिया छ ।नारीलाई मानवको रुपमा अझै समाजले स्वीकार्न सकेको छैन । आफु भन्दा सानोलाई सधैं तल्लो दर्जामै राख्न चाहन्छ । पुरुषको अहमतालाई समाजले स्वीकार्छ भने नारीको अलिकता चर्को स्वर पनि  पोथी बासेको संज्ञा दिन्छ । यसमा पुरुष गलत र महिला सहि भन्ने नै हुँदैन । सोचाइ नै परिवर्तन गर्नुपर्ने जरुरीदेखिन्छ । र सोचाइ एकै पटक परिवर्तन हुँदैन ।  यदि एक अर्कालाई सम्मान गर्ने , सानो ठुलो जो होस्, राम्रो कुरा छ भने ग्रहण गर्ने सक्ने क्षमता बिकास गर्ने हो भने परिवर्तन सम्भाब्ब छ । तर शक्ति प्रदर्शन गर्न थालियो , “देखिस् म तलाई मजा चखाउछु अब ” भनेर क्रियाको प्रतिक्रिया गर्न थालियो भने समाज कहिँ कतै पनि जान्दैन , झन् द्वन्द भड्किन्छ । त्यसैले अहमता र घमण्ड त्यागेर सबैलाई समभावले हेर्न सक्ने सोचको बिकास गर्नु नै आजको मुख्य आवश्यकता हो । नत्र यस्ता घटना समाजमा घटिरहन्छ अनि हामी त्यहि घटनाको साक्षी भएर बस्न बाध्य हुन्छौं ।

, ,


3 responses to “पात्र फरक, चरित्र उही”

  1. […] पात्र फरक, चरित्र उही […]

  2. […] पात्र फरक, चरित्र उही […]

  3. Suraksha Tiwari Avatar
    Suraksha Tiwari

    Nice job Anusha!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

About


Hi, I’m Anusha Neupane, a passionate data analytics professional with a Master’s degree in Predictive Analytics from Curtin University. With a strong foundation in data-driven decision-making, I specialize in turning raw data into actionable insights that drive growth and efficiency.

My academic journey, coupled with practical experience, has equipped me with expertise in statistical modeling, data visualization, and predictive modeling using tools like Python, R, and Tableau. I thrive on solving complex problems and uncovering hidden patterns that inform better business decisions.

I created this website to showcase my data analytics projects, share insights, and connect with like-minded professionals. Here, you’ll find examples of my work, including real-world case studies, interactive dashboards, and detailed analytics reports.

Feel free to explore my portfolio, and don’t hesitate to reach out if you’d like to collaborate or learn more about my work.


Gallery