म’ ‘तिमी’ र ‘तिम्री प्रेमिका ‘

म तिमीलाई माया गर्छु ,
भनेर तिमीले मलाई भनिरहदा
तिम्री प्रेमिका मलाई
तिमीसगको प्रेम-प्रसँग
सुनाउछिन ।

सँगै जिउने कसम नखाएपनी
जुनी जुनी माया गरिरहनेछु
भनेर तिमीले मलाई
भनिरहदा
तिम्री प्रेमिका मलाई
तिमीसँग भएको सगै जिउने
अनी सगै मर्ने
बाचा कसम सुनाउछिन । ।

तिमीले मलाई माया गरेर
नानु!! भनी बोलाँउदा
तिम्री प्रेमिका मलाई
तिमीलाई माया गरेर बोलाउने
उनको प्यारो नाम सुनाउछिन । ।
मायाका मिठा मिठा कुरा
अनी सपनाका कुराहरु
तिमीले मसग साटिरहदा
तिम्री प्रेमिका मलाई
तिमीसग भएका
स्वोप्निल क्षणहरु
सुनाउछिन ।

हो तिम्री प्रेमिका ,
अर्थात,मेरी साथी
सुनाउछिन मलाई
तिमीसँग भएका
माया पिरतिका कुराहरु
बाचा कसम अनी
सगै देखेका सपनाहरु ।

भो माया नगर मलाई ,
तिम्री प्रेमिकाले झै
सक्दिन म साथ दिन तिमीलाई
नभन माया गर्छु भनेर ,
तिम्रो मायालाई स्विकार्न सक्दिन म ,
तिमी अरुकै हौ
भन्ने जान्दा जान्दै
चाहन्न्न म डुब्न तिम्रो मायामा
सक्दिन म रम्न तिम्रो छायामा ।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *