तिम्रो शहर प्रदुषित हुँदा
मेरो गाउँको हावा बन्द गरिदिनुपर्ने
तिम्रो शहरमा आगो लाग्दा
मेरो गाउँमा पानीको बाढी ल्याइदिनुपर्ने !
तिम्रो शहरलाई तिर्खा लाग्दा
मेरो गाउँको पानीले प्यास मेटाउनुपर्ने !
कहिले काहीँ त गाउँको रोगमा
तिम्रो शहरको अस्पताल पठाइदेउ न
कहिले काहीँ त गाउँको अभावमा
तिम्रो शहरको सम्पन्नता पठाइदेउ न
कहिले काहीँ त गाउँको अशिक्षामा
तिम्रो शहरको बिद्यालय पठाइदेउ न
कहिले काहीँ त गाउँको दुखमा
तिम्रो सहरको सुख पठाइदेउ न !!
आखिर गाउँ होस् या शहर
तिम्रै देश हैन र?