अक्षरहरु

अक्षरहरु

पहिला पहिला

कोठाभरि छरपस्ट हुन्थ्ये

कतै डायरी भित्र कतै कापीमा

कतै प्रेमपत्र  बनेर

कतै कापीको च्यातिएको पानामा

कैयौं पानाहरु डस्टबिनमा कोचिन्थ्ये

कयौं अक्षर मुख भित्र कोचिएर

अनि मात्र डस्टबिनमा पुग्थे

कैयौं हावाले उडाएर सकिन्थे  

अचेल समय फेरिएको छ

अक्षरहरु भने छरपस्ट नै छन्

स्टाटस र ट्विट बनेर छरिएका छन्

कम्प्युटरका हार्डडिस्क भरि छरिएका छन्

मोबाइलका मेमोरी कार्डभरि छरिएका छन्

फाइल बनेर फोल्डर भित्र पसेका छन्

अचेल मुखमा कोचिदैनन्

सिधैं रिसाइकल बिनमा गएर बस्छन्

अक्षरहरु !!!!!!!

Leave a Comment

Your email address will not be published. Required fields are marked *